नेकपा एकीकृत समाजवादीले सदस्यता वितरण विशेष अभियान थाल्ने

  Sampatti News Online

June 17, 2022

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संगठन विस्तार साथै पार्टी सदस्यता वितरणलाई जोड दिएको छ । बेदुराम भुसालको अध्यक्षमा बिहीबार बसेको केन्द्रीय संगठन विभागको बैठकले असारदेखि भदौसम्म तीन महिना सदस्यता वितरण विशेष अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

अन्तर संगठन निर्देशन पठाउँदै पार्टीको केन्द्रीय संगठन विभागले केन्द्रीय परिषद्लाई पूर्णता दिन पहिले प्रतिनिधित्व भइसके बाहेकका मोर्चारजनसंगठनलाई विधानको व्यवस्थाअनुसार नाम पठाउन भनिएको छ ।

त्यस्तै असार मसान्तभित्र पार्टी सदस्यता अद्यावधिक गर्न, नवीकरणको काम भदौ मसान्तभित्र सक्न पनि निर्देशनमा भनिएको छ । एमालेसँगको विद्रोह गरेको छोटो अवधिमा नै पार्टी मजबुत हुँदै गरेको निष्कर्षसहित नेकपा एसले यसलाई अझै अजबुत बनाउने प्रणसमेत गरेको छ ।

प्रकाशित मिति:June 17, 2022