गठबन्धन जोगाउँदै चुनावमा जुट्ने तयारी भइरहेको छ : अध्यक्ष नेपाल

  Sampatti News Online

June 19, 2022

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी ६ महिनाभित्र संघ र प्रदेश सभाको निर्वाचन हुने बताएका छन् । आज काठमाडौंमा सम्पादकहरूसँग भएको छलफलमा अध्यक्ष नेपालले मंसिरलाई आधार मानेर चुनावको तयारी भइरहेको जानकारी दिएका हुन् ।

नेपालले सत्ता साझेदारी गरिरहेका दलहरूको गठबन्धन आगामी निर्वाचनसम्मै जाने दावी समेत गरे । उनले गठबन्धन जोगाउँदै चुनावमा जुट्ने तयारी भइरहेको पनि बताएका छन् ।

‘मंसिरलाई आधार मानेर चुनाव गर्ने तयारी भइरहेको छ । अहिलेदेखि चुनावको तयारी गर्नुपर्नेछ । संघ र प्रदेश सभा दुवै चुनावसम्मै गठबन्धन कायम रहन्छ’, उनले भने।

उनले अब गठबन्धनभित्र चुनावमा सिटबारे छलफल गर्न बाँकी रहेको बताएका छन् । आइतबार बिहानै गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरी सुधार्दै सत्ता गठबन्धन अघि बढाउने विषयमा छलफल भएको नेता नेपालले जानकारी दिएका छन् ।

प्रकाशित मिति:June 19, 2022