नेप्सेमा दोहोरो अंकको पहिरो, एक अर्ब १३ करोडमाथिको कारोबार

  Sampatti News Online

June 19, 2022

काठमाडौं । नेप्से साताको कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३७.२७ अंकले घटेर एक हजार ९ सय ३४ दशमलब ११ विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ । आज नेप्सेमा एक अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १३ कम्पनीको शेयरमूल्य बढेको छ भने १७९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६५६.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार रिभर फल्स पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज १० करोड २९ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:June 19, 2022