आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

  Sampatti News Online

June 20, 2022

काठमाडौँ । आज सङ्घीय संसद्को दुवै सदनका बैठक बस्दैछ ।

सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकहरू दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ ।

कार्यसूची अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधेयका २०७९ दफावार छलफलका लागि पेश गर्नेछन् ।

यस्तै आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरूलाई निर्णायार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । मन्त्री शर्माले ‘राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई दफावार छलफल गरी पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

यस्तै राट्रियसभाको बैठक पनि आज दिउसो १ बजे बैठक बस्नेछ ।

प्रकाशित मिति:June 20, 2022