१८ सय विन्दुमा झर्यो नेप्से, आत्तिए लगानीकर्ता

  Sampatti News Online

June 20, 2022

काठमाडौं । नेप्सेमा साताको कारोबारको दोस्रो दिन आज उच्च अंकले घटेको छ । आज नेप्से ४९.३१ अंकले घटेर एक हजार ८ सय ८४ दशमलब ८१ विन्दुमा बन्द भएको हो ।

आज कारोबार रकममा वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार एक अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ४ कम्पनीको शेयरमूल्य बढेको छ भने १९१ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि दुुइ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२१.९० रुपैयाँ पुगेको छ भने सिवाइसी लघुवित्तको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५००.३० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार तेह्रथुुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ११ करोड ८३ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:June 20, 2022