पार्टी घोषणा गदैँ रवि लामिछानेले भने नागरिकको अवस्था बदल्न राजनीतिमा आएको हुँ

  Sampatti News Online

June 21, 2022

काठमाडौं । सञ्चारकर्मी रवी लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंको सभागृहमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिन लागेकाले आम नागरिकलाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् । उनले आफ्नो सम्मान रह‍ेको भन्दै देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको समेत बताए ।

केहि वर्षपहिलासम्म अमेरिकीन नागरिक रहेका लामिछानेले केहि महिना पहिला मात्र अमेरिकन नागरिकता त्यागेर पुन नेपाली नागरिता ग्रहण गरेका थिए । नेपालमा हास्यव्यंग्य कार्यक्रम सञ्चालन गरेर सञ्चार क्षेत्रमा आएका उनले केहि वर्षदेखि समाचामूलक कार्यक्रम चलाएर आम जनताको मन जितेका छन् ।

लामिछानेले सञ्चार माध्यममा आफ्नो कार्यक्रम सञ्चालनका क्रममा आम जनतालाई धेरै सम्भावना बाँढेका हुनाले आम नेपालीमा उनीप्रति धेरै विस्वास रहेकाले पार्टी घोषणा कार्यक्रमा हजारौ नागरिकको उपस्थिति रहेको छ ।
राजनीतिमा लागेका रवि लामिछाने आफू व्यवस्था बदल्न नभई, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका छन् ।

काठमाडौँको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले आफू ठुलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पारे ।
उनले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा गरे । लामिछानेले आम नागरिकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताए ।

आफू भएका दलहरुले नागरिकको आशा विपरीत काम गरेको, जनमत गुमाउँदा पनि एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग गठबन्धन गरेर सत्तामा रहने प्रपञ्च गरिरहेको आरोप लगाएका छन् ।

प्रकाशित मिति:June 21, 2022