शेयर बजारमा हरियाली, एक अर्ब २५ करोडको कारोबार

  Sampatti News Online

June 21, 2022

काठमाडौं । नेप्से साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से ३७‍.४९ अंकले बढेर एक हजार ९ सय २२ दशमलब ३० विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ४९‍.३१ अंकले घटेर एक हजार ८ सय ८४ दशमलब ८१ विन्दुमा बन्द भएको थियो ।

आज शेयर बजारमा दोहोरो अंकको वृद्धि भए पनि कारोबार रकममा भने वृद्धि भएको छैन । सोमबारको तुलनामा मंगलबार कारोबार रकममा गिरावट आएको हो । आज नेप्सेमा एक अर्ब २५ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार एक अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएका थियो ।

आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७९४ रुपैयाँ पुगेको छ भने सिवाइसी लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५५०.३० रुपैयाँ र सप्तकोशी विकास बैंकको शेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २०४.९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज नबिल ब्यालेन्स फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ३ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ११ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:June 21, 2022