तोलामा चार सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  Sampatti News Online

June 22, 2022

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ४ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२६५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति:June 22, 2022