नेकपा एकीकृत समाजवादीको बैठक : मन्त्री हेरफेरको निर्णय कार्यान्वयनमा जोड

  Sampatti News Online

June 23, 2022

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सचिवालयको निर्णयअनुसार मन्त्री हेरफेर हुने बताएको छ ।

बुधबार र बिहीबार बसेको सचिवालय बैठकले पार्टीको निर्णय कार्यान्वयनमा जोड दिएको हो । बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘अब दिनहरुमा होइन, घण्टाहरुमा मन्त्रीहरु हेरफेर गर्ने दिशामा लागिरहेको छ ।’

भोलि शुक्रबार भोलि पोलिटब्यूरो बैठक बस्नेछ भने ११ गते केन्द्रीय कमिटी र १३–१४ केन्द्रीय परिषद्को बैठक बस्नेछ । बैठकमा स्थानीय चुनावको समीक्षा, सरकारको समीक्षा, गठबन्धन र आगामी चुनावबारे छलफल हुने खतिवडाले बताए ।

प्रकाशित मिति:June 23, 2022