रवि लामिछाने र रमेश खरेलबिच भेटवार्ता, यी विषयमा भयो छलफल

  Sampatti News Online

June 24, 2022

काठमाडौँ ।रवि लामिछाने र रमेश खरेलबिच भेटवार्ता भएकाे छ । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबिच भेटवार्ता भएको हाे । उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको जनाइएकाे छ ।

सुशासन पार्टीले आफ्नो फेसबुक पेजमा तस्बिरसहित भेटघाटको जानकारी गराएको हो । दुई पार्टी पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको सुशासन पार्टीले जनाएको छ ।

नेपाल प्रहरीका पूर्व डिआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौँ -१ बाट उम्मेदवारी दिने तयारीमा छन् ।

प्रकाशित मिति:June 24, 2022