काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४२ करोडको बजेट

Nepal Cover
१० असार २०७९, शुक्रबार
image

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।

नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी दिइन् । यो कुल बजेटको २० प्रतिशत हो ।

त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ । जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ ।

उपमेयर डंगोलले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखी बजेट ल्याइएको बताइन ।