नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक बस्दै

  Sampatti News Online

June 27, 2022

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दै छ ।

प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा देशभरबाट करिब एक हजार ५०० जना सहभागी हुने सो पार्टीले जनाएको छ ।
पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा बैठकमा छलफल हुने सो पार्टीका प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बैठकमा पार्टीका महासचिव डा. बेदुराम भुसालको राजनीतिक प्रतिवेदनमा विशेष छलफल हुनेछ । महासचिव भुसालको प्रतिवेदनमा राजनीतिक व्यवस्था रक्षाका लागि एमालेबाट विद्रोह गरी पार्टी स्थापना गरिएको उल्लेख छ । सो प्रतिवेदनमा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणका साथै कम्युनिष्ट आन्दोलनमा देखापरेका समस्याबारे चर्चा गर्दै आगामी कार्यदिशाबारे उल्लेख छ । सो प्रतिवेदनमा बैठकमा सहभागीहरुले छलफल गरेर पार्टीको आगामी कार्यदिशा तय गर्नेछन् । बैठकको शुभारम्भ अध्यक्ष माधव कुमार नेपालले गर्नेछन् ।

प्रकाशित मिति:June 27, 2022