मन्त्रीलाई फिर्ता बोलाउने जसपाको तयारी

Nepal Cover
१७ असार २०७९, शुक्रबार
image

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्र सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने गृहकार्य भइरहेको जसपाका एक नेताले बताए ।

हाल सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव छन् ।

यसअघि सत्ता गठबन्धनको अर्को घटक एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेकाहरुलाई हेरफेर गरिएको थियो ।