सुनचाँदीको मूल्यमा गिरावट

  Sampatti News Online

July 1, 2022

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएको छ । हिजो प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएका सुन आज प्रतितोला रु ३०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले बताएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति:July 1, 2022