तीन आर्थिक विधेयक पारित

Nepal Cover
१७ असार २०७९, शुक्रबार
image

काठमाडौं । राष्ट्रियसभा बैठकले तीन वटा आर्थिक विधेयक पारित गरेको छ ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत ९पच्चीसौं संशोधन० विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

बैठकले पारित गरेको तीन वटै विधेयक असार ६ गते प्रतिनिधिसभाले पारित गरेर राष्ट्रियसभा पठाएको थियो ।