सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Nepal Cover
१९ असार २०७९, आईतवार
image

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्यमा भने घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२०० रुपैयाँ मूल्य कायम भएको महासंघले बताएको छ ।