प्रचण्ड र बाबुराम बीच आज पनि भेटवार्ता

  Sampatti News Online

August 12, 2022

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपपकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच आज पनि भेटवार्ता भएका छन् । बाबुराम प्रचण्डलाई भेट्न् आज भने खुमलटार स्थित प्रचण्डको निवास पुगेका थिए । बाबुरामले प्रचण्ड र माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेट गरेर मोर्चा बनाउने र एउटै चुनाव चिन्हबाट चुनाव लडने प्रस्ताब गरेका थिए ।

बिहिबार (हिजो) प्रचण्ड र नारायण काजी र बाबुरामबीच हात्तीवनमा रहेको प्रचण्डका भान्जा गोकुल भण्डारीको निवासमा भेटवार्ता भएका थिए ।
बाबुरामले मोर्चा बनाउने र एउटै चिन्हमा चुनाव लड्ने प्रस्तावमा प्रचण्ड सकारात्मक देखियका थिए । यधपी उनले यो विषयमा माधब नेपालसँग पनि छलफल गरेर फेरि छलफल गरौला, भन्ने जवाफ बाबुरामलाई दिएका थिए । तर माधब नेपाललाई कोरोना भएकोले प्रत्यक्ष भेटवार्ता हुन सकिरहेको छैन ।
प्रचण्ड माधब नेपालको पार्टी, आफ्नो पार्टी, उपेन्द्र यादबको पार्टी जनता समाजबादी , बामदेब गौतम , बाबुराम लगायत सहभागी गराई समाजवादी केन्द्र बनाउन चाहान्थे ।
तर तेस्तो केन्द्रको अगाडी नेकपा राखन बाबुराम सहमत नभएकोले यस्ले गति लिन सकेको थिएन । तर अहिले बाबुराम नै मोर्चा बनाउने र एउटै चिन्हमा चुनाव लडने प्रस्ताब माओवादी केन्द्रका नेताहरुलाई गर्दै आईरहेका छन ।
आजको बाबुराम प्रचण्ड वार्तामा ठोस कुरा के भयो भन्ने बारेमा दुबै पक्षले केही नखुलाय पनि गठबन्धन, चुनावी मोर्चा र सहकार्यका विषयमा केन्द्रित रहेर कुराकानी भएको बताइएको छ।

प्रकाशित मिति:August 12, 2022