पिपुल्स पावरको IPO को आवेदन खुला

  Sampatti News Online

August 16, 2022

काठमाडौं । पिपुल्स पावर कम्पनीको मंगलबार ३१ साउन (आज) देखी सर्वसाधारणका लागि आईपीओ बिक्रीको लागी खुला गरिएको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता आइपीओ जारी गरेको छ ।

यो मध्ये १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष र ४९ हजार ३४८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले पिपुल्स पावरलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी इस्यूआर’ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित मिति:August 16, 2022