सुनचाँदीको मूल्यमा गिरावट

  Sampatti News Online

August 16, 2022

सुनचाँदीको मूल्यमा गिरावट आएको छ । साउन महिनाको अन्तिम दिन, सुन तोलामा ७०० रुपैयाँले सस्तिएको हो । मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन पनि ओरालो लागेर प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि सस्तिएको महासंघले जनाएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २२० रुपैयाँमा खरिद बिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १५ रुपैयाँले नै गिरावट हुँदा एक हजार २३५ रुपैयाँमा किनबेच भयो ।

सोमबार पनि सुनको मूल्यमा गिरावट देखिएको थियो । हिजो सुन तोलामा ४०० रुपैयाँले घट्दा प्रतितोला ९७ हजार ४०० रुपैयाँमा झरेको थियो ।

प्रकाशित मिति:August 16, 2022