नेप्सेले मंगलबार निरन्तरता दिन सकेन

Nepal Cover
३१ श्रावण २०७९, मंगलवार
image

पाँच दिनको लगातार घटेको बजार सोमबार केहि बढेको थियो तर त्यो बृद्धिलाई नेप्सेले मंगलबार निरन्तरता दिन सकेन्न। सोमबार ५५ अंकले बढेको नेप्से मंगलबार २४ अंकले घटेर बन्द भएका छन्।
मंगलबार नेप्से सूचक २४.८३ अंकले घटेर २०४१.०६ विन्दुमा झरेका छन्। यस दिन २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँ बराबरको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.१८ प्रतिशतले घटेको छ भने फाइनान्स र विकास बैंक उपसमूहको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ।
मंगलबार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्तको ४.०२ प्रतिशत, हिमालयन बैंकको १.९० प्रतिशत, सानिमा बैंकको १.५६ प्रतिशत र मल्टिपर्पस फाइनान्सको १.५२ प्रतिशतले बढेको छ।

यता युनिलिभरको शेयरमूल्य सबैभन्दा धेरै ५.६२ प्रतिशतले घटेको छ, भने दोर्दी खोला जलविद्युतको ५.५१ प्रतिशत, पञ्चकन्या माइ हाइड्रोपावरको ५.४७ प्रतिशत, जोशि हाइड्रोपावरको ५.४६ प्रतिशत र हिमालयन उर्जा हाइड्रोपावरको ५.३२ प्रतिशतले घटेको छ।

मंगलबार रिडि हाइड्रोपावरको सबैभन्दा धेरै ४० करोड, ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ८ करोड ६८ लाख, हिमालयन डिस्टिलरीको ५ करोड ८७ लाख, महालक्ष्मी विकास बैंकको ५ करोड ८७ लाख र नेपाल दुरसञ्चार कम्पनीको ५ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।