प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार निर्वाचित

  Sampatti News Online

August 18, 2022

बाजुराको बूढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार निर्वाचित भएको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएको छ ।
एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् ।

यस्त उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् ।

बुढीगंगामा नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति:August 18, 2022