ट्रमामा डा यादब नै हुनुपर्ने सबैको माग

Nepal Cover
२० भाद्र २०७९, सोमबार
image

२० भदौ काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको मन्त्रीले नेतृत्व गरेका छ्न ।

घरपरिवारका सबै सदस्य एकीकृत समाजवादी मै होमिएका छ्न ट्रममा काम गर्दागर्दै डेढ महिनामा सरुवामा पर्दा डा प्रमाेद यादव त छ्क्क परे परेनन, तर उनका परिवारका सदस्य लाई तपाईंहरू त समाजवादि फेरि डेढ महिना मै सरुवा भो डाक्टर सापको के हो ? यो प्रश्नको उत्तर यतिबेला डाक्टर यादवका परिवारले दिन सकिरहेका छैनन।

राम्रो काम गरिरहेका डाक्टर यादबलाइ एकाएक हाटाइएको खबर आएसगै पार्टी भित्र खैल्लाबैला भयो।

पार्टी अध्यक्ष माधवकुमार नेपाल समक्ष यो कुरा पुगेपछि मधेसी समाजमा संगठन बलियो बनाउने अभियान चलिरहेको बेला डेढ महिना काम गर्न नपाइ हटाउनु न्यायोचित होइन भन्ने धेरै शुभेच्छुकहरुको गुनासो पछि अध्यक्ष नेपालले मन्त्री सग यो सरुवाको बिषयमा चासो राख्नुभएको हो तर केहि स्वार्थमा लागेकाहरुले अध्यक्ष नेपाललाई जोडेर समाचार बाहिर सम्म ल्याउने काम गरेका छ्न।

प्राप्त जानकारी अनुसार गुण र दोष का आधारमा दण्ड र पुरस्कार दिनुपर्नेमा डाक्टर यादवको हकमा राम्रो काम गर्दागर्दै दण्ड दिन खोजे सगै पार्टीले चासो राखेको बताइएको छ।

ट्रमा सेन्टरमा डेढ महिना मात्रै काम गर्ने अवसर पाएका डाक्टर यादबले अस्पतालमा फरक अनुभुती दिलाइसकेका थिए तर एकाएक उनको सरुवा भयो भन्ने हल्ला फैलाए सगै काम गर्नेको मुल्यांकन यस्तै हो रुट्रमामा यतिबेला कर्मचारी बीच बहस सुरु भएको मात्रै छैन कामका हिसाबले राम्रो काम गर्दै गर्दा काङ्ग्रेस कै डाक्टर रुद्र मरासिनी को सरुवा भएको खबर सगै सबैको सहानुभूतिको ध्यान डाक्टर यादब तिर तानेको हो।

यो खबर सगै अस्थायी ज्यालादारी समाजवादी आस्था बोक्ने कर्मचारी बीचमा आक्रोश समेत बढेको छ।