सुनको मूल्य घट्याे

  Sampatti News Online

September 12, 2022

२७ भदौ, काठमाडौँ । सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । आज प्रतितोला ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको हो ।

आइतबार सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँमा कारोबार हुँदैछ ।

यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार १५० रुपैयाँमा किनबेच हुँदैछ ।

प्रकाशित मिति:September 12, 2022