वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरे

Nepal Cover
६ आश्विन २०७९, बिहीबार
image

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेका छन् ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएका छन् ।

डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो । तर अटेर गरेर सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा रहेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको महानगरको भनाइ छ ।