सुनको मूल्य बढ्यो

Nepal Cover
१२ आश्विन २०७९, बुधबार
image

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य तोला २०० रुपैयाँले बढेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँमा कायम भएको छ ।

हिजो मङ्गलवार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रुपैयाँ थियो ।

यसै गरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

हिजो मङ्गलवार यसको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कायम थियो ।