रवीन्द्र मिश्र काठमाण्डु–१ बाट चुनाव लड्ने

Nepal Cover
१३ आश्विन २०७९, बिहीबार
image

काठमाण्डु, १३ असोज– विवेकशील साझा पार्टी छाडेर राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्र काठमाण्डु–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएकाे छ ।
मिश्र यसअघि ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेर काँग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएकाे थियाे । सत्ता गठबन्धनबीचको भागबण्डामा उक्त क्षेत्र फेरि काँग्रेसले पाउने सहमतिसँगै मिश्र र श्रेष्ठबीच फेरि प्रतिस्पर्धा हुने भएको छ ।
मिश्र बुधबार मात्र राप्रपा प्रवेश गरेका थिए । उनले राप्रपामा तेश्रो वरियतासहित वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् । मिश्रले उम्मेदवारी घोषणाका लागि बुधबार अपराह्न बानेश्वरमा कार्यक्रम आयोजना गरेका छन् ।