बलात्कार अभियोगमा एक युवक पक्राउ

Nepal Cover
१४ आश्विन २०७९, शुक्रबार
image

दाङ, १४ असोज । दाङमा बलात्कार अभियोगमा एक युवक पक्राउ परेकाे छ।

२९ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–१३, रानीपुरुवाका ३८ वर्षीय अमोद नेपालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।