कुमारी बैंकले १२.५० प्रतिशत नगद लाभांश दिने

Nepal Cover
१४ आश्विन २०७९, शुक्रबार
image

कुमारी बैंक लिमिटेडले १२.५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको आज असोज १४ गते शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले बोनस शेयर भने प्रस्ताव गरेको छैन । बैंकको हाल चुक्ता पूँँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रहेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) सँग मर्जरमा जान लागेका कारण हाल दोश्रो बजारमा बैंकको कारोबार रोक्का रहेको छ ।