दशैंमा काठमाडौं महानगरमा नि:शुल्क एम्बुलेन्स सेवा

  Sampatti News Online

October 2, 2022

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा निःशुल्क एम्बुलेन्स सेवा दिने भएका छन् ।

महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।

डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ । एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन् ।

साथै दशैं अवधिमा महानगरमा ५५८ स्वयमसेवक खटाइनेछ । उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन् ।

प्रकाशित मिति:October 2, 2022