कोइलाको समस्या भएपछि हेटौँडा सिमेन्ट उद्योग बन्द

Nepal Cover
२५ आश्विन २०७९, मंगलवार
image

काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ ।

कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको उद्योगका महाप्रबन्धक पाण्डेले पत्रकारहरूलाई बताएका छन् ।

कोइला खरिदका लागि टेण्डर भइसकेको भन्दै पाण्डेले छिटै समस्या समाधान हुने जनाएका छन् । पाण्डेले दशैंको बिदापछि उत्पादन सुरु हुने बताएका छन् ।

एक पटक टेण्डर गर्दा १३ हजार टन कोइला ट्रकमा ढुवानी भई आपूर्ति हुने गरेको छ । कोइलाको माध्यमबाट सिमेन्ट उत्पादनका लागि चाहिने कच्चा पदार्थ क्लिङ्कर बनाउने गरिन्छ । क्लिङ्कर अभावका कारण सिमेन्ट उत्पादन हुन सकेको छैन ।

दैनिक सात सय ५० मेट्रिकटन र वार्षिक दुई लाख ६० हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने उद्योगको भए पनि हाल उद्योग सञ्चालनको समयमा क्षमताभन्दा आधा अर्थात करिब चारदेखि पाँचसय मेट्रिकटन सिमेन्ट उत्पादन हुने गरेको महाप्रबन्धक पाण्डेले बताए बताएका छन् ।