नापीका महानिर्देशक जोशी असुल्न ब्यस्त

Nepal Cover
३१ आश्विन २०७९, सोमबार
image

काठमाडौ । देशमा चुनावी चटारो छ। उमेदवारहरु घरदैलोमा छ्न तर नापी बिभागका डिजि रकम असुल्न ब्यस्त भन्दा सुन्नेलाइ अचम्म लाग्न सक्छ । याे तथ्य सग जोडिएकाले उनी सकेसम्म कसैसँग सम्पर्कमा आउन चाहादैनन।

यो सन्दर्भमा सम्पत्ति न्युजले उनलाई प्रतिक्रियालिन खोज्दा उनको मोबाइल उठेन । प्राप्त जानकारी अनुसार चुनावमा कतिपय उम्मेदवारलाई खर्च जोहो गर्नु छ भन्दै महानिर्देशक जोशीले कम्मर कसेर जोस निकाले पछि मातहतका कर्मचारीहरु तनाब ब्यहोरिरहेका छ्न।

कहिले एमाले कहिले सदभावना बन्न सक्ने कला अनि सचिवालयका कर्मचारी सगै रमाइलो गर्न समेत पछि नपर्ने जोशी को नापी बिभागको पाँच वर्षको कार्यकाल भस्ट्रचारीको लागी स्वर्ग भएको छ।

भुमिसुधार मन्त्रालय मातहतका निकाय हाताहाती घुस लेनदेनमा कहिले पनि नसुध्रने भएको नापी बिभागको कार्यशैली बुझ्नेहरुले बताएका छन।

महानिर्देशक जोशीले दुरुपयोग गर्दै आइरहेको सरकारी गाडी ।

बिभागका महानिर्देशक प्रकाश जोशी चार वर्ष देखी बिभागको सेटिङ मै रमाएका छ्न। झट्ट हेर्दा युवा प्रशासक सोचेर जाने र बिभागका गतिविधि बुझ्न खोज्ने जो कोहि उनलाई भेटदा लाग्छ लोकसेवा पास गरेकै जनताको कामलाई ढिलासुस्ती गरेर घुस खान नै हो।

घुमाउरो भाषामा उनी स्वीकार छ्न पनि। जिल्ला शाखा कार्यालय खोल्न पैसा छैन भनेर टकटकिने भ्रष्ट जोशीले सरकारी साधनको चरम दुरुपयोग गरेको समाचारले नापीका गुरुजीहरु बीच यस्तालाइ अख्तियरले देख्दैन भन्ने अवस्थामा पुगेको बताइएको छ।