प्रधानमन्त्री देउवा बिहीबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिने

Nepal Cover
१६ कार्तिक २०७९, बुधबार
image

धनगढी । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार (भोलि) देखि आफ्नो निर्वाचन क्षेत्रमा खटिने भएका छन्।

निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मतदान आउन १७ दिन बाँकी रहँदा डडेलधुरा जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा उम्मेदवार रहेका प्रधानमन्त्री देउवा आफ्नो निर्वाचन क्षेत्रमा खटिने कार्यक्रम रहेको जनाइएको छ।

प्रधानमन्त्री देउवा बुधबार बेलुका धनगढी पुग्ने कार्यक्रम रहेको नेपाली काँग्रेस कैलालीले जनाएको छ।