लामिछानेबिरुद्धको अभियोगमाथि आजबाट थुनछेक बहस

  Sampatti News Online

November 2, 2022

क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको अभियोगमाथि आजबाट थुनछेक बहस शुरु हुँदैछ । काठमाडौं जिल्ला अदालतमा मंगलवार सन्दीपको बयान लिने क्रम सकिएसँगै आजबाट थुनछेक बहस हुने जनइएको छ ।

मंगलवार भएको बयानमा सन्दीपले आफूलाई कसैको उक्साहटमा फसाएको बयान दिएको सन्दीप पक्षका वकीलहरुको दाबी थियो । सन्दीप पक्षका वकीलहरुले भने पीडित भनिएकी किशोरीको बयान शंकास्पद रहेको र जन्मदर्ता पनि शंकास्पद रहेकाले जन्मदर्ताको आधारमा आफूहरुले वकालत गर्ने दाबी गरेका थिए ।

प्रकाशित मिति:November 2, 2022