सुपारी काण्डले राजस्वका महानिर्देशक झलकराम तानिए नयाँ डिजिमा दाहाललाई जिम्मेवारी

  Sampatti News Online

November 2, 2022

काठमाडौँ। राजस्व अनुसन्धान विभागको महानिर्देशकमा मदन दहालको सरुवा भएको छ । निरन्तर लाइन मात्रै दिने र कुम्ल्याउने सेटिङ मा रमाइरहेका महानिर्देशक झलक राम अधिकारी एकाएक तनिएका छन। पछिल्लो पटक सुपारी काण्डमा मुछिएका अधिकारीलाई चुनाबको मुखमा तानिए पछि के के मात्रै गरे होलान धेरै भनिरहनु पर्दैन समाचार श्रोत उल्लेख गर्दछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन महाशाखा प्रमुखसमेत रहेका स्वच्छ छबिका दहाललाई महानिर्देशकमा नियुक्ति गरेसँगै विभागका महानिर्देशक झलकराम अधिकारीलाई प्रधानमन्त्री कार्यालय लगिएको छ ।
अधिकारीले असारमा बिभागका भित्रीने मौका पाएपछि तस्करीमा रमाउदा रमाउदै चार महिना मै सरुवा हुनेमा परेका छन।
छोटो समयमा मात्रै काम गरेर विभागमा पद छोडनेमा नाम लेखाउदै रमाना लिइसकेका अधिकारी सामान्य मा बरन्डामा घाम तापेको समय भन्दा छोटो समय महानिर्देशक चलाउदा दाम भने राम्रै सुभलाभ गरेर हिडने महानिर्देशकका रुपमा दर्ज भएका छन।

नवनियुक्त महानिर्देशक दहाल अर्थ मन्त्रालय अन्तर्गत २५ वर्ष काम गरेका छन् ।
नक्कली बिलको अनुसन्धान टोलीका सदस्यसमेत रहेका दहाल एनसेलको ६२ अरब कर निर्धारण समितिमा रहेका थिए ।
महानिर्देशक दाहालले आजै हाजिर गर्ने बताइएको छ।
उनी ईमानदार प्रशासकका रुपमा परिचित छ्न।
समाचार श्रोतका अनुसार बजारमा
नयाँ आउने महानिर्देशकले केही परिवर्तन गराउने हुन वा अधिकारी कै लाइन मै रमाउने हुन त्यो भने प्रतीक्षा को बिषय भएको बताइएको छ।

प्रकाशित मिति:November 2, 2022