November 4, 2022
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । बलात्कार आरोपी सन्दीप लामिछानेलाई शुक्रबार जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
उक्त आदेशसँगै लामिछानेलाई थुनामा पठाउने तयारी भइरहेको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
सन्दीपविरुद्ध एक नाबालिगले आफूमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । जिल्ला सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्ध १० देखि १२ वर्षको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अब मुद्दाको फैसला नहुञ्जेल सन्दीप थुनामै रहने भएका छन् ।
प्रकाशित मिति:November 4, 2022
November 24, 2024