जरैदेखि भ्रष्टाचार अन्त्य गर्छु

  Sampatti News Online

November 6, 2022

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बताए । त्यसका लागि जनताले स्वतन्त्र पार्टीलाई सहयोग गर्नको लागी उनले भने ।

सुर्खेतमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गए भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने बाचा गरे ।

उनले गुणस्तरीय शिक्षा, स्वास्थ्य, र रोजगारीका लागि अब कोही पनि व्यक्ति विदेश जानु नपर्ने बताए ।

साथै उनले आफ्नो पार्टी सरकारमा गए उपचार गरेर पैसा तिर्न नसक्ने नागरिकको सरकारले तिरिदिने बताए । यस्तै उनले नेपालमा उत्पादन भएका वस्तुहरूको ब्रान्ड एम्बेसडर बन्न तयार रहेको समेत बताए।

प्रकाशित मिति:November 6, 2022