शेयर बजारमा उच्च अंकको वृद्धि

Nepal Cover
२० कार्तिक २०७९, आईतवार
image

काठमाडौं । नेप्से साताको पहिलो कारोबारको दिन  आज आइतबार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज ४३.२० अंकले बढेर एक हजार ९ सय ६५ दशमलब ३६ विन्दुमा बन्द भएको हो ।   

त्यस्तै, आज नेप्सेमा एक अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १८५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक वटा कम्पनीको शेयरमूल्य घटेको छ ।  

आज सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मानुषी लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् । 

नेप्सेका अनुसार नबिल इक्विटी फण्ड र आरबीबी म्युचुअल फण्ड  शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज १० करोड १४ लाख भन्दा बढीको कारोबार भएको छ ।