७३% बाेनस वितरण गर्ने: जाल्पा सामुदायिक लघुवित्त

Nepal Cover
२० कार्तिक २०७९, आईतवार
image

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि. ले गत आर्थिक वर्षसम्म सञ्चित रहेको मुनाफाबाट हाल कायम शेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको कात्तिक १९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेका छन्।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी चौथो वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १६ करोड रुपैयाँ रहेको छ। ७३ प्रतिशतका दरले ११ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेपश्चात लघुवित्तको चुक्ता पूँजी २७ करोड ६८ लाख रुपैयाँ पुग्नेछ।