प्रदेश १ का वनमन्त्री शेखरचन्द्र थापाको डेंगुबाट निधन

Nepal Cover
२३ कार्तिक २०७९, बुधबार
image

काठमाडौं- प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ। केही दिनअघि डेंगुबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन भएको हो। उनी ५६ वर्षका थिए।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिए।

डेंगुबाट संक्रमित थापाको यसअघि काठमाडौंका ह्याम्स लगायतका अस्पतालमा उपचार गरिएको थियो। मंगलबार मात्रै उनलाई नोवेल अस्पतालमा भर्ना गरिएको अधिकृत दाहालले जानकारी दिए। 

मोरङ क्षेत्र नम्बर ३(१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए।