नेपाल स्टक एक्सचेञ्जले दोहोरो अंकको गिरावट

  Sampatti News Online

November 10, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार सामान्य दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २३.५२ अंकले घटेर एक हजार ८ सय ९३ दशमलब ७० विन्दुमा बन्द भएको हो । बुधबार नेप्से ३९.१५ अंकले घटेर एक हजार ९ सय १७ दशमलब २२ विन्दुमा बन्द भएकोे थियो । 

त्यस्तै, नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा एक अर्ब ११ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ४० करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

कारोबारमा आएका कम्पनीहरु मध्ये १३ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १७१ वटा कमपाीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मन्दाकिनी हाइड्रोपावर कम्पनीको शेयरमुल्य ३.९२ प्रतिशतले बढेर प्रतिकित्ता ३३१.५० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट भएको छ । यसको आज १० करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।  

प्रकाशित मिति:November 10, 2022