काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित: नेपाली कांग्रेसका नेता प्रकाशमान

  Sampatti News Online

November 11, 2022

काठमाडौँ । शुक्रवार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा उनले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको बताए।

उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर र आधार मानेर हामी अघि बढिरहेको पनि उल्लेख गरे । उनले संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिन गठबन्धनलाई जिताउन आवश्यक भएको बताए । नेता सिंहले आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरूलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरूलाई अघि बढाउने दाबी गरे ।

उनले आम मतदाताले विगतमा र अहिलेको शासन पद्धतिमा फरक के छ भन्ने प्रश्न गरिरहेको बताउँदै त्यसलाई सम्बोधन गर्न बिरलिएका मुद्दाहरूमा तीन तहकै सरकारले पूर्ण रूपमा काम गर्न पाउने काम गर्न चाहेको बताए । उनले केन्द्रीकृत एकात्मक व्यवस्था र सङ्घीयतामा फरक के हो रु भन्ने कुरा जनताले महसुस हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

नेता सिंहले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ १ मा स्वच्छ खानेपानी, शिक्षाको गुणस्तरमा सुधार र निस्शुल्क र गुणस्तर स्वास्थ्य प्रणालीको विकास गर्न आम मतदाताहरूले माग गरेको भन्दै त्यसलाई पूरा गर्ने बताए ।

नेता सिंहको घरदैलो कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा ।बाबुराम भट्टराई पनि भोट माग्नका लागि सहभागी बनेका थिए । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ सहित देशभर नै यति बेला आसन्न निर्वाचनमा जित सुनिश्चितता लागि मत माग्दै विभिन्न राजनीतिक दलहरू प्रचारप्रसारमा व्यस्त छन् ।

प्रकाशित मिति:November 11, 2022