मुख्यसचिव बैरागीको टोली सुरक्षा बुझ्न कर्णाली पुग्यो

  Sampatti News Online

November 14, 2022

विभिन्न प्रदेश अन्तर्गतका जिल्लामा सुरक्षा अवस्था बुझ्न टोलि परिचालन गरिरहनु भएका मुख्यसचिव शंकरदस बैरागीले पछिल्लोपटक आफै कर्णालीमा पुगेर सेवारत कर्मचारीहरुको मनोबल उत्साहित गराउनु भएको छ। निर्वाचन सुरक्षाको अवस्था बुझ्नका लागि मुख्यसचिव बैरागीसहितको टोली कर्णालीमा पुगेको हो। निर्वाचनपूर्व अवस्था अनुगमन तथा सुरक्षा व्यवस्थाको अवस्था बुझ्न मुख्यसचिव बैरागी, गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली हेलिकोप्टरमा जुम्ला पुगेको हो।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले सचिवहरूको टोलीले जुम्लामा निर्वाचन र सुरक्षा तयारीको विषयमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा आवश्यक निर्देशनसमेत गरेको छ। उनका अनुसार नेपाली सेनाको २४ नम्बर बाहिनी जुम्लामा कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार छलफलमा नेपाली सेनाको २४ नम्बर बाहिनीका बाहिनीपति रामचन्द्र केसीले साबिक कर्णालीका ५ जिल्लाको सुरक्षा अवस्था र तयारीका विषयमा प्रस्तुति गरिएको प्रमुख जिल्ला अधिकारी केशरीले बताए। यस अघि मुख्यसचिव कै निर्देशनमा सचिब सहितको टोलिले अन्य ठाउँको अवस्था बुझिसकेको छ।
सरकारको प्रशासानिक सन्यत्र सबै हिसाबले तयारी अवस्थामा रहेको मुख्यसचिव बैरागीका पछिल्ला दिनको सक्रियताले समेत देखाएको छ।

प्रकाशित मिति:November 14, 2022