नदी किनारका टहरा भत्काउने अल्टिमेटमविरुद्ध सुकुम्वासीहरू विरोधमा उत्रिए

  Sampatti News Online

November 15, 2022

काठमाडौँ । बागमती सभ्यता एकीकृत विकास समितिको अल्टिमेटमविरुद्ध सुकुम्वासीहरू विरोधमा उत्रिएका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजको अगुवाइमा सुकुम्वासीहरू मंगलबार गुह्येश्वरीस्थित समितिको कार्यालय घेराउ गरेका हुन्।
समितिले गत शुक्रबार एक सूचना जारी गर्दै नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका घर९टहरा तथा निर्माण सामग्री र सवारीसाधन हटाउन १० दिनको अल्टिमेटम दिएको थियो। तोकिएको समयमा घर(टहरा नभत्काए बल प्रयोग गरेरै भत्काउने समितिले चेतावनीसमेत दिएको थियो।

प्रकाशित मिति:November 15, 2022