नेप्से ६.५९ अंकले घट्दा

  Sampatti News Online

November 15, 2022

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो कारोबारको दिन आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ६.५९ अंकले घटेर एक हजार ८ सय ९७ दशमलब ८६ विन्दुमा बन्द भएको हो ।         

त्यस्तै, आज नेप्सेमा एक अर्ब २ करोड ३६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार तारागाउँ रिजेन्सी र सिक्लेस हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यसको आज ८ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।  

प्रकाशित मिति:November 15, 2022