सिभिल बैंकको शेयर कारोबार आजदेखि खुल्ने

Nepal Cover
७ मंसिर २०७९, बुधबार
image

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको आधारभूत शेयरधनी वाहेकको शेयर कारोबार मंसिर ६ गते फुकुवा गर्ने निर्णय गरेसँगै मंसिर ७ गतेदेखि बैंकको शेयर कारोबार सुचारु हुने भएको हो । सिभिल बैंकको शेयर कारोबार आजदेखि खुला हुने भएको छ ।

हिमालयन बैंकले प्राप्ती गर्ने भएसँगै असार ३० गतेदेखि सिभिल बैंकको शेयर कारोबार रोक्का रहेको थियो । पछिल्लाृे समय नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्ती प्रयोजनका लागि एकिकृत कारोबारपछि मात्र बढीमा १५ दिन शेयर कारोबार रोक्का हुने व्यवस्था गरेसँगै यस अघि रोक्का रहेका कम्पनीहरूले आधारभूत शेय्रधनी वाहेकको शेयर कारोबार खुला गर्न पाउने भएका हुन ।