November 23, 2022
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताएकी छन् । बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेपछि संचारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् ।
उनले अब देशमा परिवर्तको सुरुवात भइसकेकाले कोही पनि नेपालीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताइन् । उनले अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने बताइन् ।
उनले अबको ५ वर्षमा देशमा परिवर्तनको ढोका खुल्ने बताइन् । उनले अहिले भइरहेको प्रदेश संरचनालाई सुधार गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताइन् ।
प्रकाशित मिति:November 23, 2022
November 23, 2024