अहिलेसम्मकै सस्तो इलेक्ट्रिक कार सार्वजनिक

Nepal Cover
७ मंसिर २०७९, बुधबार
image

एजेन्सी । भातरको मुम्बई स्थित इलेक्ट्रिक वाहन निर्माता बेस्ट इलेक्ट्रिकले आफ्नो पहिलो इलेक्ट्रिक कार आज सार्वजनिक गर्ने भएको छ ।  यो ई–कार माइक्रो श्रेणीको हुनेछ। मिडिया रिपोर्टका अनुसार यो इलेक्ट्रिक कारको मूल्य करिब ४ लाख रुपैयाँ हुनसक्छ । यो देशको सबैभन्दा सस्तो इलेक्ट्रिक कार हुनेछ।

यो कारमा १० किलोवाट क्षमताको लिथियम फस्फेट ब्याट्री प्रयोग गरिएको छ । जसले करिब २० एचपी पावर उत्पादन गर्न सक्ने छ । यो कारको ब्याट्री पूर्ण चार्ज हुन करिब ४ घण्टा लाग्ने छ र यो कारले एकै पटक चार्ज गर्दा १६० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिनेछ ।

यस कारमा रिजेनेरेटिभ ब्रेकिङ, रिमोट पार्किङ असिस्ट, ओटीए अपडेट, स्मार्टफोन कनेक्टिभिटी जस्ता सुविधाहरू उपलब्ध हुनेछन्। यो कारलाई आफ्नो स्मार्टफोनमा जडान गरेपछि तपाईले रिमोट मार्फत कारको एयर कन्डिसन (एसी), हर्न, झ्याल र बत्ती नियन्त्रण गर्न सक्नुहुनेछ।

यसमा ४ वटा ढोका छन् । तर, अगाडि एउटा सिट र पछाडि एउटा मात्र सिट हुनेछ । अर्थात् यो कारमा दुई जना मात्रै सँगै यात्रा गर्न सक्नेछन् । यो कारको ह्वीलबेस २,०८७ एमएम र ग्राउन्ड क्लियरेन्स १७० एमएम हुनेछ।

टाटा मोटर्सले सेप्टेम्बरको अन्त्यमा आफ्नो लोकप्रिय ह्याचब्याक टाटा टियागोको इभी भेरियन्ट लन्च गर्‍यो। यसको प्रारम्भिक मूल्य ८.९४ लाख रुपैयाँ भारु राखेको छ। अहिले यो देशकै सबैभन्दा सस्तो विद्युतीय कार हो । यो ईभीले एक पटक चार्जमा ३१५ किलोमिटरको रेन्ज पाउनेछ।