जनमुखी मुद्दाहरू उठाउने छु

Nepal Cover
८ मंसिर २०७९, बिहीबार
image

काठमाडौँ । ललितपुर क्षेत्र नं. ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छिन्।

निर्वाचित प्रतिनिधिसभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकी हुन्।

उनले संसदमा जनमुखी मुद्दाहरू उठाउने बताइन्। उनले आफूले मतदाताहरूसमक्ष राखेको प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रूपमा लिएको उल्लेख गरिन्।