सुनचाँदीको मूल्य बढ्यो

Nepal Cover
८ मंसिर २०७९, बिहीबार
image

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।