बागमती प्रदेशमा सवारी लाइसेन्स ट्रायलमा ७० अंक आए पास हुने

  Sampatti News Online

December 1, 2022

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले अंक प्रणाली कार्यान्वयन गर्ने परिपत्र जारी गर्दै सवारी अनुमति पत्र सम्बन्धी नयाँ कार्यविधि लागु गरेको हो ।

यातायात व्यवस्था विभागले २०७८ सालमै उक्त कार्यविधि तयार परेर प्रदेशलाई पठाए पनि प्रदेश भने तयार भएको थिएन ।

अब भने निर्देशिका जारी भएको झन्डै दुई बर्षपछि लाइसेन्समा अंक प्रणाली लागु भएको हो । अब सामान्य गल्तीमा सेवाग्राही फेल नहुने भएका छन ।

योसँगै अब बागमती प्रदेशका सबै यातायात कार्यालयमा सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा दिँदा सामान्य गल्तीले फेल हुने छैनन्। हाल ट्रायलमा १०० मा १०० अंक नै ल्याउनुपर्ने व्यवस्था रहेको छ। जसले अधिकांश सामान्य गल्तीले फेल हुने गरेका थिए।

५ महिना अघि प्रदेशका सबै यातायात मन्त्रीको बैठकले अंक प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेका थिए ।

बागमती प्रदेश यातायात मन्त्रालयले यातायात कार्यलयलाई गरेको परिपत्र अनुुसार परीक्षा स्थलमा सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने र परीक्षाका सबै चरण तथा गतिविधिहरुको भिडियो ३० दिन विद्युतीय अभिलेख रहनुपर्ने व्यवस्था समेत गरेको छ ।

अब सवारीचालक अनुमति पत्रको प्रयोगात्मक परिक्षा दिने सेवाग्राहीले ट्रायल पास हुन ७० अंक ल्याउनुपर्ने छ ।

प्रकाशित मिति:December 1, 2022